नेकपा एसको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमाथि १० समूहमा छलफल
आइतबार, माघ २२, २०७९

काठमाडौँ । शनिबार बसेर स्थगित भएको नेकपा एसको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक बिहान ८ बजेबाट पुनः सुरु भएको हो । आजको बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपालले शनिबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह चरणमा छलफल हुनेछ । 
विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार उक्त बैठक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशीले प्रतिवेदनमा औल्याएका विषयमा रहेर धारणा राख्ने क्रम हिजोदेखि नै सुरु भएको छ । 
राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिइन् । केन्द्रीय समिति बैठकमा सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।
केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहनरूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ । 
प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि अध्यक्ष माधव नेपालले समग्र परिस्थितिको विश्लेषण गरी प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा उनले निर्वाचनमा नेकपा एसले आशा गरेअनुसार सफलता हात पार्न नसक्नु गठबन्धनका सहयात्री दल नेपाली काँग्रेस र नेकमा माओवादी केन्द्रले सहयोग नगरेको उल्लेख गरेका छन् ।  प्रतिवेदनमा माधव नेपाले आफ्नो पार्टीको एकल कारणलाई एमालेलाई २० स्थानमा हराउन सफल भएको उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार