राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा विपक्षी एकजुट

उपाध्यक्षको उम्मेदवार आइतबार तय गर्ने 
शनिबार, माघ २१, २०७९

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा विपक्षी दलहरू एकजुट हुने भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा एकजुट भएर जाने तय भएको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो ।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका विषयमा छलफल भएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने, “सबै एकजुट भएर जाने विषयमा कुराकानी भएको छ।”

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदै छ । संसद् सचिवालयले निर्वाचनको तयारी गरिरहेको छ।
बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका विषयमा छलफल भएको जानकारी दिए । 
“हाम्रो पार्टीले उपाध्यक्षमा उम्मेदवार बनाउँदैन,” नेपालले भने, “सबैका कुरा सुनिरहेका छौं। कसलाई सहयोग गर्ने भन्ने पछि निर्णय गर्छौं।”
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, लोसपाका अध्यक्ष ठाकुर लगायत सहभागी थिए।
यसैबीच सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने  प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा  टुङ्गो लगाउने भएका छन् । 
कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । 
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । 
उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ ।
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार