रास्वपाको अल्टिमेटमसहितका विषयमा छलफल गर्दै माओवादीको स्थायी समिति 

शनिबार, माघ २१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ।
यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ। रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।
रास्वपाले गृहमन्त्रालय पाउनैपर्ने अडानले विकसित राजनीतिक अवस्थाको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।
रास्वपाले गृहमन्त्रालय आफूले पाउनुपर्ने माग राख्दै सरकारलाई दुई दिनको अल्टिमेटम दिएको छ । यदि गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ । तर, माओवादी केन्द्रका अधिकांश नेताहरुले गृह मन्त्रालय आफ्नै पार्टीले राख्नुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार