माओवादी–एमाले शीर्ष तहबाटै गृह मन्त्रालय टुंगो लगाउन छलफल

रास्वपाको सत्ता बर्हिगमनको अल्टिमेटम आज सकिँदै 
शनिबार, माघ २१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको हो ।
सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताका बिचमा भेटवार्ता भएको हो ।
रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन । यद्यपि, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बीचमा गम्भीर छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार