मधेश प्रदेशमा माओवादीले पाएन एउटै मन्त्रालय,  गठबन्धनको निरन्तरतामा प्रश्न 

विवादकैबीच मधेसका मन्त्रीहरूले लिए शपथ 
शुक्रबार, माघ २०, २०७९

काठमाडौं । मधेस प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । भागबन्डा नमिलेको भन्दै माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धनको निरन्तरतामा प्रश्न उठेको छ ।
आज अर्थमन्त्री सञ्जय कुमार यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकासमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी र महिला बालिकालिका मन्त्री मोहम्मद जयद आलमले शपथ लिएका हुन् ।
यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय कुमार यादवले पनि शपथ लिए । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार