रास्वपालाई धैर्य गर्न माओवादी केन्द्रको आग्रह, आजै सरकार छाड्ने भन्दै नेताहरूलाई फोन  

बिहीबार, माघ १९, २०७९

काठमाडौं  । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल गहृमन्त्रीको विषयमा धैर्य गर्न अनुरोध गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा रास्वपालाई धैर्य गर्न अनुरोध गरेको हो । “हाम्रो धारणा रविजीले धैर्यता गर्नुपर्छ । किनभने, विषय सकिएको छैन । फैसलाको पूर्णपाठ आएको छैन,” पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने, “मन्त्रिमण्डलमा के गर्ने ? निर्णय भने गर्न बाँकी छ ।”
एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृह मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् । गृहमन्त्रालयको विषयलाई लिएर गठबन्धन नै टुट्नेसम्मको आँकलन भइरहेको छ । 
बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारिहरेको नेताहरुलाई बताएका थिए । 
बिहीबार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका थिए । 
‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ । रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं’, बैठकमा प्रचण्डले भनेका थिए । 
नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन्।
पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार