माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

बिहीबार, माघ १९, २०७९

काठमाडौँ  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टीकार्यालय पेरिसडाँडामा बिहीबार दिउसो ४ बजेका लागि स्थायी कमिटी बैठक तय भएको महासचिव देव गुरूङले जानकारी दिए । 
बुधबारका लागि तय गरिएको माओवादी केन्द्रको बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा राष्ट्रपतिको निर्वाचन, गृहमन्त्रालय, राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन लगायतका विषयमा छलफल हुने छन् । 
देशको विकसित राजनीतिक घटनाक्रमको बारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिफिङ गर्ने छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार