क्यानद्वारा क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ

रोहितकुमार पौडेल ए ग्रेडमा पर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ मा 
बुधबार, माघ १८, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुन महिना सम्मका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको छ ।
यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।
महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार