सन्दीपलाई थुनामा राख्नुपर्ने भन्दै सर्वोच्च अदालत पुग्यो महान्यायधिवक्ता कार्यालय

मंगलबार, माघ १७, २०७९

काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको छ । महान्यायधिवक्ता कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै पुनरावेदन दर्ता गरेको हो । सन्दीपलाई थुनामै राख्नुपर्ने माग महान्यायधिवक्ता कार्यालयको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार