पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे छलफल गर्न क्यानको बैठक बस्दै

मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल हुनेछ ।
बैठकमा नेपाल टी–२० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा छलफल गर्ने बैठकको कार्यसूची छ । यू–१९ राष्ट्रिय टीमको कप्तान र उपकप्तान मनोनयनका विषयु पनि बैठकको कार्यसूचीमा राखिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार