सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र संसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । सर्वोच्चले नागरिकता खारेज गरेपछि आइतबार रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन् । रविले गृहमन्त्रालयमा आफ्नो दाबी दोहोर्याउँदै आएका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने अब गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिइरहेका छन् । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा सपथ लिएकै दिन रविलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । तर सर्वोच्चले नागरिकता खारेज गरेपछि गृहमन्त्रालय गुमाएका रविलाई अहिले गृहमन्त्रालय दिन प्रचण्ड तयार छैनन् । रास्वपाले भने आफूहरुले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्रीसँगको भेटमा पनि रविले गृहमन्त्रालयमा आफ्नो दाबी यथावत रहेको जानकारी गराएका छन् ।