मन्त्रिपरिषद बैठक बस्दै, राष्ट्रपति निर्वाचनका लागि आयोगले तय गरेको मिति सदर गर्ने 

सोमबार, माघ १६, २०७९

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहरबारमा बस्न लागेको हो । मन्त्रिपरिषदको यो नियमति बैठक भए पनि यसले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मिति तय गर्ने छ ।  निर्वाचन आयोगले आज मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरी सरकारलाई सिफारिश गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेर सरकारलाई सिफारिश गरेको हो । आयोगले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनबारे मुख्य सचिवमार्फत मन्त्रिपरिषद्लाई जानकारी गराएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । आयोगको सिफारिशमा सरकारले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मिति सार्वजनिक हुने व्यवस्था छ । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार