सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । निर्वाचन आयोगको बैठकले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । आयोगले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनबारे मुख्य सचिवमार्फत मन्त्रिपरिषद्लाई जानकारी गराउने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । कार्यकाल सकिनु एक महिना अघि राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान रहेपनि मिति भने कार्यकाल सकिने समय भेडकिने समयमा मात्रै हुन लागेको छ ।