प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

सोमबार, माघ १६, २०७९

काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन् ।

6F8A48821675059015.jpg
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्नेछिन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार