ललितपुर महानगरले सुरु गर्‍यो मेलमिलापसम्बन्धी तालिम 

उपप्रमुख मञ्जली भन्छिन्,  ‘यो जीवन र समाज रुपान्तरण गर्ने तालिम हो’
शनिबार, माघ १४, २०७९

ललितपुर । ललितपुर महानगरले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । महानगरको न्यायिक समितिले २९ वटै वडाका ३० जनालाई प्रशिक्षार्थीलाई शुक्रवारदेखि तालिम दिन सुरु गरेको हो । यसअघि पनि महानगरले मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ । तालिम प्राप्त मेलमिलापकर्ता वडामा खोलिएकोे मेलमिलाप केन्द्रमा क्रियाशील छन् । स्थानीय स्तरमा उठेका विवाद वडामा नै समाधान गर्न लागि महानगरले प्रत्येक वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार महानगरको दुईवटा वडामा उक्त केन्द्र सञ्चालन भइसकेको छ । 

327934733_3300575080257198_8900467943681189275_n1674877658.jpg
तालिमको उद्घाटन गर्दै ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्यले यो तालिम अन्य तालिमभन्दा पृथक भएको बताइन् । 
उनले भनिन्, ‘यो जीवन रुपान्तरणको तालिम हो,त्यसैले सक्रिय भएर लाग्नुस् ।’ विवादरहित समाज निर्माणका लागि यो तालिम आवश्यक भएको बताइन् । वडामा उठेका विवाद समाधान गर्न यो तालिमपछि व्यक्ति समक्ष हुने उनले दाबी गरिन् । रुपान्तरणसहितको समाज निर्माणका लागि यो तालिम उपयोगी भएको उपप्रमुखको भनाइ थियो । 
बागमती प्रदेशका पूर्वन्याधिवक्ता श्यामनारायण श्रेष्ठले मेलमिलाप विवादको वैकल्पिक समाधान भएको बताए । अदालतले गरेको निर्णयमा समेत व्यक्तिले चित्त नबुझाएको उदाहरण प्रस्तुत गर्दै उनले मेलमिलापले विवादका दुबै पक्षलाई आत्मसम्मानको अनुभव गराउने बताए । 
उनले भने, ‘मेलमिलाप द्धन्द्ध व्यवस्थापनको उपयुक्त माध्यम हो ।’ श्रेष्ठका अनुसार श्रीलंका र वंगलादेशमा मेलमिलापको माध्यमबाट धेरै विवाद समाधान भएको छ । नेपालमा यसको अभ्यास सुरु हुँदै गएको उनले बताए । 
प्रमुख प्रशिक्षक सन्तोष रानामगरले यो तालिम अन्य तालिम भन्दा पृथक भएको बताए । उनले भने, ‘सीपमूलक, जानकारीमूलक र व्यक्तिलाई यो तालिमले दक्ष बनाउँछ, चेन मोडलमा यो तालिम संचालन हुन्छ, एउटा कक्षासँग अर्को अन्तरसम्बन्धित हुन्छ, त्यसैले कुनै पनि कक्षा नछुटाउनुस् ।’ 

328085796_874160267158269_7244032823420323328_n1674877659.jpg
विधायन समितिका सदस्य अमिर महर्जनले मेलमिलापबाट समस्याको समाधान गराउँदा दुबै पक्षलाई जितको महसुश हुने बताए । विवाद समाधानका लागि यो तालिम उपयोगी भएको उनको भनाई थियो । 
ललितपुर महानगर कानून महाशाखा प्रमुख खगेन्द्रप्रसाद वस्तीले महानगरको २९ वटै वडामा मेलमिलाप केन्द्र सुरुवातको तयारी अन्तिम चरणमा पुगेको बताए । वडाका विवाद वडाकै प्रशिक्षित मेलमिलापकर्ता मार्फत गराउँदा विवाद समाधान प्रभावकारी र छिटो हुने उनले बताए । 
कार्यक्रममा न्यायिक समितिका सदस्य प्रदीप डंगोल, तालिम प्रदायक संस्था मेडियसन नेपालका प्रवीण नापित उपस्थिति थियो ।

327967152_1537639053381990_6218809227760810018_n1674877735.jpg

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार