रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

शुक्रबार, माघ १३, २०७९

काठमाडौं । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट उपप्रधानमन्त्री तथा सांसदपदबाट मुक्त भएका रविले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार