प्रेमप्रसाद आचार्यको आत्मादाह छानबिन गर्न सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन

बिहीबार, माघ १२, २०७९

काठमाडौँ । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको छ ।

Home Ministry1658380662.jpg
आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए ।

प्रेमप्रसाद आचार्यले उल्लेख गरेका ब्यक्ति र संघसंस्थाविरुद्ध प्रहरीमा उजुरी

प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह प्रयासमा दुरुत्साहन गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
अधिवक्ता स्वागत नेपाल नेतृत्वको टोलीले बिहीबार टेकु प्रहरीमा  प्रेमप्रसाद आचार्यको आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका हुन् । प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपूर्व सामाजिक सञ्जालमा केही ब्यक्ति र संघसंस्थाका नाम उल्लेख गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार