मानव बेचबिखनको आरोपमा मनोज पाण्डेको कसुर ठहर, यौन दुर्व्यवहारमा ६ महिना कैद

बुधबार, माघ ११, २०७९

काठमाडौं । सौन्दर्य प्रतियोगितामा भाग लिएको एक किशोरीमाथि यौन दुव्र्यवहार गरेको मुद्दामा मनोज पाण्डे दोषी ठहर भएका छन् । शैक्षिक परामर्श संस्थाका सञ्चालक समेत रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले मंगलबार दोषी ठहर गरेको हो । यौन दुव्र्यवहारमा पाण्डेलाई न्यायाधीश दीपक ढकालको इजलासले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको आदेश गरेको छ। 
सोही इजलासले पाण्डेलाई मानव बेचबिखनमा पनि दोषी ठहर गरेको छ। उक्त मुद्दामा कसुर ठहर भए पनि सजाय निर्धारण भने भएको छैन । तीन वर्ष वा सोभन्दा बढी सजाय हुने मुद्दामा कसुर ठहरपछि सजाय निर्धारण हुने कानुनी व्यवस्था छ । माघ २३ गते सजाय निर्धारणका लागि मुद्दा पेश हुनेछ । कसुर ठहर गर्ने इजलासले नै सजाय निर्धारण पनि गर्ने कानुनी व्यवस्था छ । 
पाण्डेमाथि जबर्जस्ती करणीको आरोप लागे पनि उजुरी गर्ने हदम्यादका कारण सरकारी वकिलले मानव बेचबिखनमा मुद्दा चलाएको थियो । ६ वर्षअघिको घटनामा किशोरीले पाण्डेमाथि होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोप लगाएकी थिइन् । 
मानव बेचबिखनमा पाण्डेलाई दशदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार