ललितपुर महानगरप्रमुखले डा. सन्दुक रुइतलाई दिए बधाई 

रुइत भन्छन्, ‘ललितपुर महानगरले उदाहरणीय काम गरेको छ’
मंगलबार, माघ १०, २०७९

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले इसा अवार्ड प्राप्त नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । 
महानगरप्रमुख महर्जनले रुइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर बधाई तथा शुभकामना दिएका हुन् । भेटमा डा. रुइतले महानगरमा भएको विकास उत्कृष्ट भएको बताए । महानगरले हरियाली प्रबद्र्धन र वातारण संरक्षणमा गरेका काम उदाहरणीय भएको दाबी गरे । 

sanduk1674551015.jpg
चिरीबाबु महर्जनले बधाई तथा शुभकामना पत्र प्रदान गर्दै भने, ‘उक्त पुरस्कार प्राप्तिले चिकित्सा क्षेत्रमा यहाँले समर्पण गर्नु भएको आफ्नो समय र पु¥याउनु भएको योगदानको अन्तर्राष्ट्रिय रुपमा थप कदर भएको छ, नेपालको परिचय अन्तर्राष्ट्रिय जगतमा थप फराकिलो भएको छ । ’
यो पुरस्कार हरेक दुई वर्षमा संसारभरका मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थामध्येबाट छनौट गरि प्रदान गरिने यो ‘अवार्ड’ (पुरस्कार) हो । 

326793194_544160777671272_3977633261816305652_n1674561440.jpg
म्याग्सेसे पुरस्कार समेत प्राप्त गरिसकेका रुइतले कम लागतमा मोतिबिन्दुको शल्यक्रिया गर्ने सजिलो चिकित्सापद्धति ‘रुईतेक्टोमी’को सुरुवात गरे हुन् । चिरीबाबुको पत्रमा भनिएको छ, ‘ कम खर्चमा मोतिबिन्दुको शल्यक्रिया गर्ने चिकित्सापद्धति भित्राएर गरीब र विपन्न नेपालीलाई लगाउनु भएको गुण अविस्मरणीय छ । ’ 

327104582_6079072978797332_1991165070135412155_n1674561447.jpg
रुइतले नेपालको दुर दराजका बस्ती र गाउँमा पुगेर अहिलेसम्म मोतिबिन्दुको समस्या भएका लाखौंको शल्यक्रिया गरिसकेका छन् उनलाई  देश — विदेशमा  ‘दृश्यका देवता’९गड अफ साइट० भनेर चिनिन्छन् । रुइतले नगद राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड ८ लाख रुपैयाँको पाएका हुन् ।  पत्रमा रुइतले पाउनु भएको पुरस्कारले मुलुकभरका चिकित्सकमा उर्जा र उमंग थपिएको महर्जनले उल्लेख गरेका छन्  ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार