प्रतिनिधि सभा बैठक बस्दै

मंगलबार, माघ १०, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

https://baahrakhari.com//uploads/editor/2023-01-24/02542228312.JPG
सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ
यसअघि उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् ।
उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् । संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार