रास्वपाकी इन्दिरा राना मगरले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

शुक्रबार, माघ ६, २०७९

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले उपसभामुखको पदमा उम्मेदवारी दर्ता गराएकी छन् । रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनको समर्थनमा मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर रानाले उम्मेदवारी दर्ता गराएकी हुन् । राना मगर रास्वपाकी समानुपातिक सांसद हुन् । उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो । रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो । बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार