सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

बिहीबार, माघ ५, २०७९

काठमाडौं ।  प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । आज प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए । घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन् । प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो । घिमिरे संघीय संसद्का ९ औं सभामुख हुन् ।

को हुन् घिमिरे ?
देवराज घिमिरे झापा–२ बाट प्रतिनिधिसभामा एमालेका तर्फबाट निर्वाचित भएका सांसद हुन् ।
तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे । उनी २०३१ सालदेखि तत्कालिन कम्युनिस्ट आन्दोलनमा क्रियाशिल थिए। २०३९ सालमा भएको एमालेको पाँचौँ महाधिवेशनबाट उनी केन्द्रीय नेतृत्वमा आएका हुन् । २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार