प्रचण्डको २३ सदस्यीय मन्त्रिपरिषद्‌मा चार उपप्रधानमन्त्री, १५ जना पहिलोपटक मन्त्री

अधिकांश नयाँ अनुहार
मंगलबार, माघ ३, २०७९

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकांश नयाँ अनुहारलाई समेटेर आफ्नो मन्त्रिपरिषद्लाई आंशिक पूर्णता दिएका छन् । उनको २३ सदस्यीय मन्त्रिपरिषद्‌मा १५ जना पहिलोपटक मन्त्री बनेका छन् ।

प्रचण्डले मङ्गलवार राप्रपाबाट राजेन्द्र लिङ्देन सहित १२ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त गरे।

यससँगै सरकारमा चारजना उपप्रधानमन्त्री पुगेका छन्।

नेकपा (माओवादी केन्द्र)बाट सञ्चार, सूचना प्रविधीमा रेखा शर्मा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती मन्त्री भएका छन्।

राप्रपाबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमा लिङदेन, सहरी विकासमा विक्रम पाण्डे र कानुन, न्याय तथा संसदीय मामिलामा ध्रुवबहादुर प्रधान मन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को को बने मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा तथा विज्ञान प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल मन्त्री बनेका छन् ।

स्वतन्त्र पार्टी डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री, राप्रपाबाट दीपक सिंह ऊर्जा राज्यमन्त्री र माओवादीबाट सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूले मङ्गलवारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। मङ्गलवार शपथ लिएका अधिकांश पहिलोपटक मन्त्री बनेका हुन्।

एमालेबाट मन्त्री बनेकी चौधरी, माओवादीकी शर्मा र राप्रपाका पाण्डे बाहेक सबै मन्त्रिपरिषद्मा नयाँ अनुहार हुन् ।

यसअघि नै नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त भएका थिए । लामिछाने पनि पहिलो पटकमन्त्री बनेका हुन्।

यसअघि नै मन्त्री बने तापनि जिम्मेवारी नतोकिएका ज्वाला कुमारी साहले कृषि तथा पशुपंछी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति र राजेन्द्र कुमार राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालय पाएका छन्।

यसअघि नियुक्त भएका मन्त्रीमध्ये राई र खान पहिलो पटक मन्त्री बनेका थिए।

प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैसँग राखेका छन्।

नेपालको संविधानले २५ जनासम्म मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विस्तार गरेको मन्त्रिपरिषद्मा नयाँ अनुहारको बाहुल्यता देखिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रचण्डले पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए .। त्यति बेला उनले तीन जना उपप्रधानमन्त्रीलाई मन्त्रालयको जिम्मा दिए पनि बाँकी सदस्यलाई बिना विभागिय मन्त्रीमा रुपमा राखेका थिए ।
आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले राखेका छन् । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भए पनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गरेका छन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीकातर्फबाट सरकारमा सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषद्मा सहभागी हुने बताइए पनि अन्तिममा उक्त दल सहभागी भएन् ।
गत पुस ११ गते उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवी लामिछानेले जिम्मेवारी सम्हालेका थिए ।
आजमात्रै उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हालेका छन् ।
नवगठित मन्त्रिपरिषद्मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे शहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
यस्तै, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै, धुब्रबहादुर प्रधानले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला सिर्पाली ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दिपबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाँइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ
नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गरेकी हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिनेमा माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । एमालेबाट डा विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्रीको शपथ लिएकी छन् ।
त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिए । त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार