तीन मन्त्रालय लिएर राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्री

रास्वपालाई शिक्षा र श्रम मन्त्रालय थप
मंगलबार, माघ ३, २०७९

काठमाडौं । सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्तत सरकारमा जाने भएको छ । बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने छन् ।
अरु दुई मन्त्री र एक राज्यमन्त्रीको अध्यक्ष लिङ्देनले पार्टी छलफल गरेर टुंगो लगाउने छन् ।
त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन् । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। उसले शिक्षामा शिशिर खनार श्रममा डोलप्रसाद अर्याललाई पठाउने तयारी गरेको छ ।
सत्ता साझेदारमा सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार