पोखरा विमान दुर्घटनाका मृतकको शव आफन्तको जिम्मा लगाइँदै

सोमबार, माघ २, २०७९

पोखरा । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ ।  दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शव बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी कास्की प्रशासनले गरेको छ । 
कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 
उनका अनुसार तीन वटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन सकिएको छैन । छ जनाको शव अझै फेला परेको छैन । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएकोले उद्धार कार्य कठिनाइ भएको थियो । आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार