सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा सरकारले विश्वासको मत पाएपछि सत्ता गठबन्धनका दुई शीर्ष नेता दिनुहँजसो मन्त्रिपरिषद् विस्तारलाई लिएर छलफल गर्न थालेका छन् । यो छलफलमा खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरन्तर जोडिएका छन् । उनीहरुबीच सत्ता गठबन्धनमा पार्टीगत हैसियत अनुसार मन्त्रिपरिषद्मा सदस्य थप्ने विषयमा छलफल हुने गरेको ती नेता निकटकाहरुले बताउने गरेका छन् । यसै मेरोमा शनिबार बिहान पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन् भने प्रदेशमा पनि धेरै मन्त्रीको मन्त्रालय तोकिएको छैन । दुई नेताको भेटमा सभामुखको निर्वाचनका विषयमा पनि छलफल भएको थियो । संघीय संसद्को सभामुखको निर्वाचन आगामी माघ ५ गते गर्ने कार्यतालिका सार्वजनिक भएको छ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । संविधानका धारा ७६ (२) अनुरुप प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले प्रतिनिधिसिभाबाट गत पुस २६ गते विश्वासको मत पाइसकेका छन् । विश्वासको मतको विपक्षमा २ मत मात्रै परेका कारण पनि सत्तारुढ गठबन्धनलाई राज्यका महत्वपूर्ण पद कसरी बाँडफाँट गर्ने भन्ने सकस परेको छ ।