सुदूरपश्चिममा सभामुखको मनोनयन आज, भोलि दिउँसो १ बजे निर्वाचन 

बुधबार, पुस २७, २०७९

धनगढी । सुदूरपश्चिममा मंगलबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ । प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार मंगलबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।
निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदबारको विषयमा टुंगो नलागेको जनाएको छ । माओवादीमा प्रदेश सभा सदस्य अक्कल रावललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । 
नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुख उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ । संसदीय दलका नेता कमल शाहले बैठक बोलाएका हुन् । 
सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार