म्याच फिक्सिङ हल्ला मात्रै : क्यान

बुधबार, पुस २०, २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल टी(२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला मात्र भएको जनाएको छ । क्यानले बुधबार वक्तव्य जारी गरेर उक्त हल्लाको खण्डन गरेको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।’
म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी(२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ।
मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार