मिटरब्याजी समस्या समाधान कार्यदलले बुझायो प्रतिवेदन

मंगलबार, पुस १९, २०७९

काठमाडौँ । मिटरब्याजी तथा ठगीविरुद्ध सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।  गृह मन्त्रालयले गत साउनमा कार्यदल गठन गरेको थियो । कार्यदललाई समस्या समाधानका लागि आवश्यक सुझाव सिफरिस गर्न कार्यादेश दिइएको थियो ।
कार्यदलले समस्या समाधानका लागि कानुन बनाउनुपर्नेसहितका विषय समेटेको छ ।  मिटरब्याजबाट पीडितको समस्या समाधान गर्न मुलुकी अपराधसंहिता २०७४ मा ठगी गर्नेमाथि कारवाहीका लागि आवश्यक बुँदा थप गर्न सुझाव दिएको छ । 
कार्यदल गृहमन्त्रालयका सहसचिव डा भीष्मकुमार भुषालको नेतृत्वमा गठन गरिएको थियो । कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृहमन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआइवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार