क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि नेपाल टी–२० लिगको खेल सुरू 

मंगलबार, पुस १९, २०७९

काठमाडौं । पारिश्रमिक विवादमा खेल रोकिएपछिको वार्ता सकारात्मक बनेको छ । पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल खेल्न नमानेका  कारण जारी नेपाल टी–२० लिगका खेल अनिश्चित भएको थियो । खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच मंललबार लगातार दुई घण्टासम्म बार्ता भएपछि खेलाडी खेल खेल्ल सहमत भएका छन् । क्यानका पदाधिकारी र नेपाल टी–२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् । सहमति लगत्तै काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल सुरु भएको छ। ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ । खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।
नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन् । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार