राज्यले  गर्ने काम  ग्रामीण विद्युत सहकारीले  गरेको छ :  सांसद उदय शम्शेर राणा

आइतबार, पुस १७, २०७९


ललितपुर  । दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी  संस्थाको २१ औँ  वार्षिक साधारण सभा पौष १६ देखी २२ गते सम्म तीन  वटा गाउँपालिका  र गोदावरीको दुइ वडाहरुमा  संस्था वडा स्तरीय साधारण सभा गरिरहेको  छ ।  शनिवार कोन्ज्योसोम गाउँपालिका चौघरेमा सभाको उदघाटन गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथी तथा  प्रतिनिधी सभा सांसद उदय शम्शेर राणाले आफु सानै देखि दक्षिण ललितपुर घुमेको  स्मरण गर्दै  प्रधिकरणले  मात्र दक्षिण ललितपुरमा काम  गरेको भए धेरै गाउँ विजुली वति बल्न नसक्ने बताए ।  उनले  भने  सहकारी संस्थाले राज्यले  गर्ने काम सहकारीले गरेकाले  अभियान कर्ताहरुलाई धन्वाद  दिए । उनले निर्वाचनमा जुन दल र चिन्हबाट  उठेर विजयी भए पनि हामी जनताका सेवक हो उनले भने ललितपुरका सबै सांसदहरु मिलेर काम गरे दक्षिण ललितपुरको  बाटो , पुल  ,खानेपानी र विजुलीको  सबै वडामा पहँच पुग्ने  बताए ।    322722083_5787262608000983_1879020762685654058_n1672535858.jpg
वागमती प्रदेश सांसद मधुसुदन पौडेलले  गाउँमा वति बलेर मात्र नहुने बताउददै उनले जनताको आवस्यकता  पुरा गर्न उद्योग सञ्चालन  गर्न सक्ने विद्युत चाहिने बताए । उनले भने यसको लागि विद्युत प्रधिकरण  लगाएत सम्वधित ठाउँमा गएर  गुणस्तरीय विद्युत प्रभाह गर्ने काम तयार छु  ।  322816980_487849666739194_819535154663602931_n1672535896.jpg

वागमती प्रदेश सांसद अप्सरा चापागाईले राज्यले सामुदायिक संस्थालाई  हेर्ने दृष्टिकोण फरक  रहेको बताइन् । उनले भनिन् गाउँ गुणस्तरीय विद्युत पु्याउन  सहयोग गर्छु  सामुदायिक विद्युत उपभोक्ता महासंघका  महासचिब  गोविन्द प्रसाद पौडेलले   नेपालमा अझै पनि १० प्रतिशत जनतामा  विद्युतीय पहूँच नपुगेको बताउदै उनले महासंघले  दुर्घगमा जिल्ला र गाउँमा विज्ुाली बाल्ने काम गर्न महासंघ लागिरहेको  बताए ।  उनले  भने  प्रधिकरणले  विद्युत सहकारीहरु सँग लिने महसुल वैज्ञानिक र अव्यवहारीक  रहेको  बताए ।    दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको  सभालाई    कोन्ज्योसोम गाउँपालिका  अध्यक्ष  कृष्ण मान लामा  , उपाध्यक्ष राजन प्रसाद घिमिेरे , संस्थापक  अध्यक्ष डिल्ली घिमिेरेपुर्वअध्यक्ष रामकृष्ण हुमागाई लगाएतले शुभकामना  दिएका थिए  । संस्थाका अध्यक्ष गोविन्द प्रसाद बजगाईले  वार्षिक प्रतुत गरी असार मसान्त सम्म शेयर सदस्य ४ हजार ९ सय ३८ र शेयर पूँजी ९९ लाख ९४ हजार रहेको  जानकारी दिए ।     322832261_562393835413678_9028424235750174230_n1672535967.jpg


 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार