सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अधिवक्ता डा दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् । महान्यायाधिवक्ता डा पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।