निवर्तमान ऊर्जामन्त्री पम्फा भुसालले दिइन् सबैलाई धन्यवाद, आजै छाडिन् मन्त्री क्वाटर पनि 

सोमबार, पुस ११, २०७९

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयका काम कारबाहीमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले मन्त्रालयमा आयोजित कार्यक्रमको तस्विर सार्वजनिक गरेकी हुन् ।

pa1672059160.jpgउनले लेखेकी छिन्, ‘ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको काम कारबाहीमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण कर्मचारी साथीहरु, साथीहरु, मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ।’ राष्ट्रपति कार्यालयमा सोमबार राष्ट्रपतिबाट प्रधानमन्त्री र अन्य मन्त्रीहरुले शपथ खाएसँगै पुल्चोकस्थित मन्त्री क्वाटरबाट पनि उनी बाहिरिएकी छिन् ।

pamp1672059111.jpg

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार