सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा फ्रान्स रअर्जेन्टिनाले २–२ बराबरी खेलेका छन् । कतारको लुसैल रंगशालामा जारी खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । मेसीले पेनाल्टीमो सदुपयोग गरेका थिए । ३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्टको दिशा दिए । दोस्रो हातमा फ्रान्स कोलियन एम्बाप्पेले पेनाल्टी तथा अर्काे एक गोल थपेछि खेल बराबरी हुँदै अतिरिक्त समयमा गएको छ । अर्जेन्टिनाले ३६ वर्षयता विश्वकपको उपाधि जितेको छैन । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको छैन । यता फ्रान्सले भने पछिल्लो संस्करणको उपाधि जितेको थियो । फ्रान्सले उक्त विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो ।