विश्वकपमा पहिलो हाफमा अर्जेन्टिनालाई २–० को अग्रता 

आइतबार, पुस ३, २०७९
Global Ime Bank

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकपको फाइनल खेलमा पहिलो हाफमा २–० को अग्रता कायम गरेको छ । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध अर्जेन्टिनाले २–० को अग्रता कायम गरेको हो । 
कतारको लुसैल रंगशालामा जारी खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 
फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् । 
३६औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्‍याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्टको दिशा दिए । 
अर्जेन्टिनाले ३६ वर्षयता विश्वकपको उपाधि जितेको छैन । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको छैन । 
यता फ्रान्सले भने पछिल्लो संस्करणको उपाधि जितेको थियो । फ्रान्सले उक्त विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउदै विश्वकपको उपाधि जितेको थियो ।
  
यो विश्व कप खेलेसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् । जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् । सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् ।
मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् ।
मेसीले सन् २००६ मा तीन खेल खेलेका थिए भने २०१० मा पाँच खेल खेलेका थिए । यस्तै २०१४ मा फाइनल पुग्दा ७ र २०१८ मा ४ खेल खेलेका थिए ।
मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २५ खेलमा ११ गोल गरिसकेका छन् । उनले पाँच मध्ये चार विश्वकपमा गोल गरेका थिए ।
जारी विश्वकपमा उनी ६ गोल गर्दै फ्रान्सका केलिएन एमबाप्पे भन्दा अघि छन् । धेरै असिस्ट गरेकोले मेसी गोल्डेन बुट होडमा भने अघि छन् ।
मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् । यस्तै २०१४ मा उनले चार गोल गरेका थिए । २०१८ मा पनि उनले एक गोल मात्र गरे ।
३५ वर्षको उमेर पनि मेसी यो विश्वकपमा उत्कृष्ट फर्ममा देखिएका छन् र ६ मध्ये पाँच खेलमा गोल गरेका छन् । मेसीले समूह चरणमा पोल्याण्ड विरुद्ध मात्र गोल गर्न सकेनन् । नकआउट चरण अन्तर्गत अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमै मेसीले गोल गरे ।
फाइनलमा फ्रान्स विरुद्ध गोलर मेसी नकआउट चरणको चारवटै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
मेसीलाई सर्वाधिक गोलकर्ता बनेकाले गोल्डेन बुट जित्ने सबैऐन्दा पाका खेलाडी बन्नेछन् । मेसीले सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा गोल्डेबल बल अवार्ड जितेका थिए । मेसीले यस संस्करणमा पनि उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते उनी विश्वकप इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बल जित्ने पहिलो खेलाडी बन्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार