पाटन दरबार  क्षेत्रमा आजदेखि फोटोप्रदर्शनी 

ललितपुर नगर प्रहरीले गरेका काम फोटोमा 
शुक्रबार, पुस १, २०७९

ललितपुर । ललितपुर महानगरले आफ्नो स्थापनाको एक सय ४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।  ललितपुर नगरप्रहरीको संयोजनमा आयोजित फोटो प्रदर्शनीमा महानगरप्रमुख चिरीबाबु महर्जनले शुक्रबार  एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । पाटन दरबार परिसरमा २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा ललितपुर महानगरभित्र नगरप्रहरीले गरेका काम समेटेर खिचिएको फोटो राखिएको छ । 

319033957_2028172170716924_7168197728614199224_n1671173534.jpg
फोटो प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले नगरप्रहरीले गरेका कामका कारण ललितपुर सफा सन्दुर र व्यवस्थित भएको बताए । उनले भने्,‘नगरप्रहरीको टिमलाई म विशेष धन्यवाद दिन्छु, उहाँहरु सहरलाई सुन्दर र व्यवस्थित बनाउन थप मिहिनेत गर्दै अघि बढ्नु हुनेछ ।’

319360803_1206457153414343_4057145507985895101_n1671173579.jpgउपप्रमुख मंजली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई समृद्ध बनाउन नगरप्रहरीको भूमिका महत्वपूर्ण भएको बताइन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, २९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

319496714_461550012819590_8391936085467757818_n1671173453.jpg

 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार