कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या     

बिहीबार, मंसिर २९, २०७९

  मोरङ  ।   जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा समस्या भएको सम्बन्धित जिल्ला कारागार प्रशासनले जनाएका छन् ।  कारागारको क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्दा कैदीबन्दी आधारभूत अधिकारबाट समेत वञ्चित भएको कारागार प्रशासनको भनाइ छ ।  भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका कारागारमा क्षमता भन्दा दुई गुणा बढी  कैदीबन्दी राख्नु पर्दा कैदीबन्दीलाई खान बस्न समस्या भएको छ ।   जीर्ण भौतिक संरचनामा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइसँगै जोखिम मोल्नु परेको जिल्ला कारागारले जनाएको छ ।  

कारागारको क्षमता ३० जना पुरूष र १० जना महिलाको भएपनि हाल कारागारमा चार जना महिलासहित ८६ जना कैदीबन्दी राख्नु परेको जेलर अनिल खड्काले बताए  ।   क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या सबै भन्दा बढी समस्या भएको जेलर खडकाको भनाइ छ ।  कारागारमा एक जना अहेबको दरबन्दी छ । तर त्यो पनि एक वर्ष देखि रिक्त छ । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको जेलर खड्काको भनाइ छ ।   कारागारका जेलर खड्काले भने  ‘कारागारमा एक जना अहेबको दरवन्दी छ त्यो पनि एक बर्ष देखि खाली छ ।कैदीबन्दीको स्वास्थ्य जाँचका लागि समेत जिल्ला अस्पताल लानु पर्ने बाध्यता छ ।’  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले कारागारमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको बताए  ।प्रमुख जिल्ला अधिकारी घिमिरेले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको विषयमा प्रशासन जानकार रहेको र समस्या समाधानका लागि पहल भइरहेकोे बताएका  छन   ।         

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार