राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा  

बिहीबार, मंसिर २९, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ ( क्यान ) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जानकारी दिएको  छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार