Dashain Banner
Dashain Banner

ऊर्जामन्त्रीद्धारा कर्णाली नदीको तटीय क्षेत्र निरीक्षण 

बुधबार, मंसिर २८, २०७९

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले कर्णाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेकी छन् ।  ऊर्जामन्त्री भुसालले कर्णाली नदीको तटीय क्षेत्रको हिजो र आज निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा ऊर्जामन्त्री भुसालले ऊर्जा मन्त्रालयका सचिव र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुखलाई उचित तटबन्ध र नदीको पानी दुबैतर्फ पुर्ववत रुपमा फर्काउन निर्देशन दिएकी छन् । 

Bhusal1671020635.jpg
ऊर्जामन्त्री भुसालसँगै तटिय क्षेत्रको निरीक्षणमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यत्रय हेमराज भट्टराई, नेपबहादुर चौधरी, भगत बडुवाल (संविधान सभा सदस्य), नवनिर्वाचित साँसद लालवीर चौधरी, टिकापुर नगरपालिकाका उप प्रमुख खडक बहादुर शाहलगायतको पनि सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार