शैक्षिक सत्र सकिन लाग्दासमेत पाठ्यपुस्तक नआउदा विद्यार्थीहरू मर्कामा  

बुधबार, मंसिर २८, २०७९

 रोल्पा   ।   शैक्षिकसत्र सकिनै लाग्दा समेत रोल्पामा पाठ्य पुस्तक नपुग्दा विद्यार्थीहरू मर्कामा परेका छन । सुनिलस्मृति गाउँपालिका, सुनछहरी र लुङ्ग्री गाउँपालिका स्तरिय अर्धवार्षिक परीक्षा ०७९ पुस ११ गतेदेखि सुरू हुदै छ । तर सुनछहरी गाउँपालिका– ३ मा रहेको जनता माविमा विद्यालयमा पाठ्य पुस्तक पुरा नपुगेका कारण परीक्षाको समयमासमेत पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।  कक्षा ६ को विज्ञान तथा कक्षा आँठमा स्वास्थ्य विषयको पाठ्पुस्तक आफूहरुले नपाएको जनता माविमा अध्यनरत छात्रा  लालमाया घर्तीले बताइन्  । विद्यालय खुलेको लामो समयसम्म पनि पाठ्यपुस्तक उलब्ध नहुनु दुखद भएको घर्तीले  बताइ्  ।

यसैगरी, सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा रहेको सूर्योदय माविमा पनि  कक्षा ६ र कक्षा आठको स्वास्थ्य तथा सामाजिक विषयको पाठ्यपुस्तक हालसम्म पनि उपलब्ध नभएको प्रधानाध्यपक बेगम कवरले बताए । जिल्ला सदरमुकाम लिवाङमै रहेको बालकल्याण  नमुना माविमा ,थावाङ गाउँपालिकामा रहेको वीरबलभद्र नमुना माविमा अङ्ग्रेजी माध्यमबाट कक्षा दशसम्म नै पठनपाठन हुने गरेको छ भने जिल्लाका अधिकांश विद्यालयका साना कक्षाहरुमा अङ्गे्रजी माध्यमबाट नै पठन पाठन हुँदै आएको छ  ।  

पठनपाठन  सुरू भएको लामो समय भइसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरू समस्यामा परेका छन् ।  कक्षा एक, दुई, तीन, चार, सात र नौ कक्षाका अङ्ग्रेजी माध्यमका कुनै पनि पाठ्यपुस्तकहरू नहुँदाअविभावकहरू चिन्तित भएका छन् ।  विद्यालयमै पाठ्यपुस्तक नआएपछि शिक्षकहरूले दिएको नोटको भरमा पठन पाठन  भइरहेको वीर बलभद्र नमुना माविमा कक्षा नौ मा अध्यनरत मिलन विश्वकर्माले बताए  ।

बालकल्याण नमुना माविका प्रधानध्यापक मधुसुधन पोख्रेलले कतिपय पुराना किताबले काम चलिरहेको बताए  ।अंग्रजी माध्यमको मात्र होइन जिल्ला भरीका  अधिकांश विद्यालयमा नेपाली माध्यमको पुस्तक समेत आइपुगेको छैन् ।  पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रोल्पाका अध्यक्ष सालिग्राम सुवेदीका अनुसार यस वर्ष कक्षा एक देखि सात र कक्षा  नौ को अङ्गे्रजी भाषा विषयको पाठ्पुस्तक र नेपाली भाषा विषय अन्तर्गत कक्षा ६ को विज्ञान, कक्षा आठको स्वास्थ्य शारीरिक विषय नेपाल सरकारले नै हालसम्म नछापेको बताए ।


 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार