नयाँ दलहरू जन्मिएको  विषयलाई सकारात्मक रुपमा लिनु पर्छ :  प्रचण्ड  

बुधबार, मंसिर २८, २०७९

 काठमाडौ  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन सकिएपछि संघीयदेखि प्रदेश सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले सरकार निर्माणसँगै देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मन्थन भइरहेको बताए ।   उनले  भने ‘निर्वाचन सकियो । आज निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचित नामावली पठाउँछ । त्यसपछि संघीय सरकार प्रदेशको सरकार बन्नेतिर जानेछ । त्यसको तयारी स्वरूप पार्टीहरूबीच भेटघाट र छलफल भइराखेका छन् ।’

प्रचण्डले भने, ‘देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मन्थन जारी छ  ।   सरकारले कस्ता कामलाई प्राथमिकता दिने भन्ने कुरा   अहिलेको निर्वाचन २०६४, ७० र ७४ सालको भन्दा फरक भएको प्रचण्डले टिप्पणी गरे । उनले   भने  ‘यो निर्वाचनले प्रमुख दललाई चुनौती दिएको छ । केही अवसर पनि दिएको छ । अब सहज र सरल ढंगले मात्रै लिएर हुँदैन ।’ प्रचण्डले भने, ‘अब गम्भीर समीक्षासहित आउने दिनमा सुशासन, विकास र समृद्धिको दृष्टिकोणले नयाँ अभियान सुरु गर्न सकेनौ भने आउने दिनमा निकै अप्ठ्यारा दिन आउन सक्छन् ।’  

यो निर्वाचनबाट केही राजनीतिक दलहरू जन्मिएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रचण्डले बताए । ‘मधेस र पहाडमा केही नयाँ पार्टीहरू जन्मिएका छन् । यो संविधान अन्तर्गत जन्मिएकाले हामीले सकारात्मक रुपमा लिनुपर्छ । त्यसले हामीलाई नेपाली जनताको सेवामा समर्पित हुने अवसर मिलेको छ  ।  

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार