नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र    पौडेलबीच भेटवार्ता      

बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र   पौडेलबीच भेटवार्ता भएको छ । भावी प्रधानमन्त्रीका आकांक्षी पौडेल देउवालाई भेट्न प्रधानमन्त्री उनकै निवास बालुवाटार पुगेका थिए । आज बिहान भएको भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका छन् ।  नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए । साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताएका थिए ।  ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेलले देउवासँग आग्रह गरेका थिए । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि पौडेलको थियो । देउवाले भने पौडेललाई ठोस जवाफ नदिएको बताइएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।     

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार