सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा भित्र विवाद चुलिएकै बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले नेता–कार्यकर्तासँगको भेट–छलफललाई तिब्रता दिएका छन् । भेट–छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निरन्तरता दिइरहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध पार्टी नेताबाटै अविश्वास प्रस्ताव दर्ता भएपछि चुलिएको नेकपा भित्रको विवादले पार्टीलाई फुटको संघारमा पु¥याएको चर्चा भएको थियो । त्यसयता दुवै अध्यक्षले कार्यकर्ता–नेतालाई आफ्नो पक्षमा ल्याउन विभिन्न उपायहरु गरिरहेका छन् । भौतिक रूपमा भेटघाट गर्न नसकिएको अवस्थामा प्रविधिको प्रयोग गरेर भए पनि ओली अहिले आफू पक्षधर नेता र कार्यकर्तालाई पार्टीभित्र देखिएको अवस्थाका बारेमा अवगत गराउँदै आएको छन् । बुधवार उनले प्रदेश नं १ का विश्वासपात्र नेताहरूसँग जूम भेला गरेका थिए । लामो समयदेखि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको मतभेदका कारण पार्टीभित्र जटिल परिस्थिति सिर्जना भएकोू प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरू बताउने गरेका छन् । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चर्चामा आए जस्तो प्रधानमन्त्री ओलीले आफू निकटका कार्यकर्तालाई जूम बैठकमा बोलाएर एकपक्षीय धारणा राखेको हो भने त्यो पार्टी हितविपरीत भएको टिप्पणी गरे । जूम भेलामा ओलीले के भने ? प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधवार जूम बैठकमा प्रदेश नं १ का आफू निकटस्थ नेता तथा कार्यकर्तासँग कुरा गरेको नेकपाका प्रदेश नं १ का नेता तथा कार्यकर्ताहरूले पुष्टि गरेका छन् । उक्त बैठकमा ओलीपक्षीय १७ नेताको सहभागिता रहेको प्रचण्डपक्षीय नेताहरूको दाबी छ । ओलीपक्षीय नेताहरूले यसबारे खुलेर कुरा गर्न चाहेका छैनन् । नेकपाका प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले केही समययता प्रधानमन्त्री ओलीसँग आफ्नो पनि सम्पर्क निकै बाक्लिएको बताए ।
उनले भने, ‘म त जूम मीटिङमा उपस्थित हुन पाइनँ, बाहिर जानु थियो । तर प्रधानमन्त्रीज्यूको कुरा पार्टीभित्र दिनहुँ बढिरहेको जटिल परिस्थितिलाई कसरी निकास पाउने भन्ने नै हो ।’ ओली निकट मानिने झापाका एक जना नेता शिव ढुङगेलले जूम बैठकका बारेमा आफूले सञ्चारमाध्यमबाट थाहा पाएपछि केही नेतासँग कुरा गरेको बताए । उनले भने, ‘तत्कालीन एमालेको नारा ुजनताको बहुदलीय जनवादुका कुरा मिटिङमा भयो भएन भनेर टिप्पणी म गर्दिनँ । तर आगामी महाधिवेशनमा वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उक्त नारालाई जोडतोडका साथ उठाउनुहुन्छ । त्यो चाहिँ पक्का हो ।’ तर बैठकको कुरा बाहिर कसरी आयो भन्ने कुराले आफू छक्क परेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए । मिटिङमा के–के विषय उठे भन्नेबारे अहिले म केही बोल्दिनँ । यति हो, गोप्य कुरा कसरी बाहिर आयो ?’ उनले भने । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी भएको कुरा चर्चामा आए पनि त्यसबारे पुष्टि भएको छैन । बुधबार गरिएको जूम बैठकबारे पार्टीमा कुनै सल्लाह नभएको नेकपाका प्रवक्ता श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘योबारे मलाई कुनै जानकारी छैन । मैले पनि मिडियाबाटै थाहा पाएको हुँ ।’ चर्चामा आए जस्तो जनताको बहुदलीय जनवादलाई ब्युँताउने कुरा बैठकमा गरिएको भए त्यसले पार्टीलाई हानि हुने उनको तर्क छ । उनले भने, ‘जबजलाई तल्लो तहसम्म पु¥याएर लाइन बनाउने, मदन भण्डारी फाउन्डेशनललाई गाउँसम्म पु¥याउने र पार्टीलाई फुटसम्मको स्थितिमा पु¥याउने भन्ने कुरा जसरी चर्चामा आएको छ। यो पार्टीको मर्मविपरीत हो ।’