स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग 

मंगलबार, मंसिर २७, २०७९

काठमाडौँ  ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति  घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।  अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति प्राडा बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए  ।     उनले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराए  । अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिए  ।   

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार