सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत्  होईन, नव निर्वाचित संसद मार्फत् खोजौं : प्रदीप पौडेल 

सोमबार, मंसिर २६, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेले सरकारले ल्याएको अध्यादेशको आलोचना गरेका छन् । नेता पौडेलले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको निर्णयको आलोचना गरेका हुन् । यसअघि काँग्रेसका महामन्त्रीद्धय गगन थापा, विश्व प्रकाश शर्मा तथा काँग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारले अध्यादेश ल्याएको भन्दै उक्त निर्णयको आलोचना गरेका थिए । सरकार गठनका लागि बहुमत पु¥याउन सरकारले रेशम चौधरीलाई माफी दिने उद्देश्यले अध्यादेश ल्याएको हो ।

Pradip1670847677.JPG
‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि’ सामाजिक सञ्जालमा काँग्रेसका युवा नेता प्रदीपले लेखेको छन, ‘पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत्  होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।’

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार