राष्ट्रपति  विद्यादेवी भण्डारीद्वारा माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियुक्त   

आइतबार, मंसिर २५, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियक्त गरेकी छन् । आइतवार उनले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पारखेललाई नियुक्त गरेकी हुन् ।   राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।    

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार