अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

आइतबार, मंसिर २५, २०७९
Global Ime Bank

बैतडी ।   बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।      ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।    “खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता  आयोजना गर्दैआएका छौँ”, उनले भने । 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार