सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको सेमिकरण समिकरण पूरा भएको छ । शनिबार राति भएका खेलबाट मोरक्को तथा फ्रान्स सेमिफाइनल प्रवेश गरेका छन् । शनिबारको दोस्रो खेलमा कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको छ । मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए । खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्याए । तर इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।
विश्वकपबाट बाहिरियो पोर्चुगल, मोरोक्को पहिलोपटक सेमिफाइनलमा कतारमा जारी विश्वकप फुटबलको आजको खेलमा मोरोक्कोसँग १–० गोल अन्तरको हार व्यहोर्दै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिएको छ । तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।
कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऎतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे ।