एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ  :     विष्णुप्रसाद पौडेल 

शुक्रबार, मंसिर २३, २०७९

रुपन्देही ।  नेपाल कम्युनिष्ट पार्टी ( एमाले)  का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका  छन्  ।  आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका  हुन्  । “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उनले भने । सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए  । सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु  र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे  । “जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उनले भने   । (

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार