पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए 

बिहीबार, मंसिर २२, २०७९

काठ्माडौ ।   प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल  तनहुँ र प्रकाशमान सिंह   काठमाडौँ , नेकपा एमालेका विष्णुप्रसाद पौडेल रुपन्देही, रघुवीर महासेठ धनुषा र टोपबहादुर रायमाझी अर्घाखाँची तथाराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङबाट निर्वाचित  भएका  छन्  ।पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला झापा सुजाता कोइराला  मोरङ र विजयकुमार गच्छदार  सुनसरी बाट पराजित  भए । एमालेका नेता ईश्वर पोखरेल  काठमाडौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट पराजित   भए  । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीबाट पराजित  भए  ।यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा छन्  भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य  छन्  । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा मालेका महासचिव चन्द्रप्रकाश सिपी मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार  थिएन ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार